नेभिगेशन
सुदूरपश्चिम
बैकल्पिक व्यवस्था नै भएन

स्वास्थ्य चौकी भवन क्षतिग्रस्त भएपछि त्रिपाल मुनीबाट सम्पुर्ण स्वास्थ्य सेवा

बझाङमा एक स्वास्थ्य चौकीको भवन भूकम्पले क्षतिग्रस्त बनाएपछि एक वर्षदेखि त्रिपाल मुनीबाट सेवा प्रवाह हुँदै आएको छ । गत असोज १६ गते गएको विनाशकारी भूकम्पले स्वास्थ्य संस्थाका भवन क्षतिग्रस्त बनाएपछि त्रिपाल मुनीबाट सेवा प्रवाह गर्न थालिएको हो ।

२०८० साल असोज १६ गते गएको भूकम्पले मष्टा गाउँपालिका–१ मा रहेको कोटदेवल स्वास्थ्य चौकी भवन क्षतिग्रस्त भएको थियो । भवन क्षतिग्रस्त भएपछि सामान्य, जटिल रोगका बिरामी ,गर्भवती, सुत्केरी महिला समस्यामा परेका छन् ।


मष्टा गाँउपालिकाको कोटदेवल स्वास्थ्य चौकी पूर्ण रुपमा क्षतिग्रत भएपछि प्रसुति सेवासमेत त्रिपाल मुनीबाट दिन थालिएको हो । स्वास्थ्य चौकीको भवन पूर्ण रुपले क्षतिग्रस्त भएपछि सबै सेवा त्रिपालबाट दिन थालिएको कोटदेवल स्वास्थ्य चौकीका प्रमुख प्रकाश खड्काले जानकारी दिए ।

खड्काले भने, ‘स्वास्थ्य चौकी भवन आफैँ बिरामी भए जस्तो स्थिति छ । गर्मीको समयमा बिरामीलाई त्रिपाल भित्रमा राखेर उपचार गर्दा निकै समस्या भएको छ । तर स्वास्थ्य चौकीसँग यसको विकल्प छैन ।'  


मष्टा गाउँपालिका–१ का वडाअध्यक्ष रामचन्द्र रोकायाले भने, 'गत वर्षको असोज महिनाबाट स्वास्थ्य चौकीले त्रिपालबाट सुत्केरी महिलासहितलाई अन्य सेवा दिँदै आएको छ । स्वास्थ्यचौकी भवन क्षति भएको छ । सुत्केरी गर्भवती महिला लगायत बिरामीहरु समस्यामा परेका छन् ।’

वडाको रकमले भवन निर्माणको लागि नभ्याउने भएपछि गाउँपालिका, प्रदेश र केन्द्रमा माग गरिएको समेत वडाध्यक्ष रोकायाले बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै