नेभिगेशन
सुदूरपश्चिम

बित्थडचिर–६ का जनताका लागि स्वास्थ्य सेवामा २५% छुट, विद्यार्थी नेता मुकेश स्याँडाको पहल

बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर ६ का जनताले अब धनगढी, कैलालीस्थित नोभा अस्पतालमा २५ प्रतिशत छुटसहित स्वास्थ्य सेवा लिन सक्ने भएका छन्।

यो सुविधा अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य तथा स्थानीय युवा नेता मुकेश स्याँडाको पहलमा सम्भव भएको हो।

स्वास्थ्य सेवा सुलभ र सहज बनाउने लक्ष्यका साथ, उनले नोभा अस्पतालसँग समन्वय गरी २०८२ सालको वैशाख २४ गते अस्पताल प्रशासनसँग औपचारिक सम्झौता गरेका हुन्। सम्झौतामा अस्पतालका प्रमुख प्रशासनिक अधिकृत गीता खत्री र विद्यार्थी नेता स्याँडाले हस्ताक्षर गरेका छन्।

अब वडा नम्बर ६ का बासिन्दाले सामान्य उपचारदेखि विशेष स्वास्थ्य परीक्षणसम्म, सबै प्रकारका सेवामा छुट पाउनेछन्।
छुटको सुविधा लिनका लागि नागरिकता वा वडा कार्यालयबाट प्रमाणित परिचय खुल्ने कागजात देखाउनुपर्नेछ।

विद्यार्थी नेता स्याँडाले भन्नुभयो –
"गाउँका दाजुभाइ तथा दिदीबहिनीहरूले गुणस्तरीय र सहज स्वास्थ्य सेवा पाउन सकून् भन्ने सोचले मैले यो पहल गरेको हुँ। यस्ता जनहितका कार्यक्रमहरू भविष्यमा पनि निरन्तर अगाडि बढाउने छु।"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
भर्खरै