नेभिगेशन
सुदूरपश्चिम

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली - कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको धनगढीमा २० दशमलव ६ मिलिमिटर पानी परेको छ ।

ठूलो पानी परेका क्षेत्र भई बहने खोला आसपासमा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले भनेजस्तो अरू ठाउँमा भने खासै ठूलो पानी परेन ।

केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । महाशाखाले हिजो दिउँसो मधेशबाहेकका अरू प्रदेशमा र राति गण्डकीदेखि सुदूरपश्चिमसम्मका थोरै ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरेको थियो । तर बितेको २४ घण्टामा कञ्चनपुर र पर्वतमा मात्रै ठूलो पानी परेको महाशाखाको रेकर्डमा उल्लेख छ ।

हिजो दिउँसो मधेश प्रदेशको सर्लाही र धनुषामा पनि मध्यम पानी परेको छ । आज पनि मधेशबाहेकका अरू प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै