नेभिगेशन
सुदूरपश्चिम

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना मात्रै ग्रेडेड भएका छन्। बाँकी ५ सय ४१ जना विद्यार्थी नन ग्रेडेड भएका हुन्।

गत फागुन २५ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन भएको परीक्षा गाउँपालिकाले आफैं प्रश्नपत्र तयार गरेर चारवटा परीक्षा केन्द्रबाट सम्पन्न गरेको थियो। शिक्षा शाखा प्रमुख केशव भट्टका अनुसार, शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यो परीक्षा प्रणाली सुरु गरिएको हो। 

तर, दुई वटा विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्। बेताल माध्यमिक विद्यालय रातापानी केदारस्युँ–१ र भवानी माध्यमिक विद्यालय डुडिल केदारस्युँ–१ का सबै विद्यार्थी नन ग्रेडेड भएका हुन्। यी विद्यालयका दुई विषयमा नन् ग्रेडेड भएका विद्यार्थीले यही चैत २९ र ३० गते ग्रेडबृद्वि परिक्षा दिनेभएका छन् । 

यस्तै, भैरव माध्यमिक विद्यालय झोताका एक जना मात्र विद्यार्थी ग्रेडेड हुन सफल भएका छन्। सबैभन्दा राम्रो नतिजा सरस्वती आधारभूत विद्यालय गाजरी, केदारस्युँ–६ ले निकालेको छ। उक्त विद्यालयका कक्षा ८ का १० जना विद्यार्थीमध्ये ४ जना ग्रेडेड भएका छन्। पालिकाभरका ८९ जना दुई विषय लागेकोहरुले यही चैत २९ र ३० गते ग्रेडबृद्वि परिक्षा दिन पाउनेछन् । 

शिक्षा शाखा प्रमुख भट्टले भन्नुभयो, “स्वच्छता, निष्पक्षता र मर्यादित ढंगले परीक्षा सम्पन्न गरिएको हो। उत्तरपुस्तिका परीक्षणका लागि एक विद्यालयको शिक्षकलाई अर्कै विद्यालयको उत्तरपुस्तिका जाँच्ने व्यवस्था मिलाइएको थियो।”

उहाँका अनुसार यसपटक आएको कमजोर नतिजालाई पालिकाले गम्भीरतापूर्वक लिएको छ। आगामी वर्षदेखि सुधार गर्दै लैजाने योजना रहेको पनि भट्टले जानकारी दिनुभयो। पालिका शैक्षिक गुणस्तर सुधारमा थप सक्रिय हुने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै