नेभिगेशन
समाचार

जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा एक वर्षको अवधिमा १११ वटा मुद्धा दर्ता भएका छन । गत आर्थिक वर्ष २०८१-०८२ को साउन देखि असार मसान्त सम्म विभिन्न घटनाका १११ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लोकेन्द्र ठगुन्नाले जानकारी दिनुभयो । यस अवधिमा सबैभन्दा बढी अभद्र व्यहारका १८ वटा मुद्धा दर्ता भएको उहाँले बताउनुभयो ।

प्रहरी कार्यालय बझाङका अनुसार अभद्र व्यहारपछि जबरजस्ती करणीका १२ मुद्धा दर्ता भएका छन् । त्यस्तै बहुबिबाहका ९, ज्यान मार्ने उद्योगका ०४ र आत्महत्या दुरुत्साहनका ०३ वटा मुद्धा दर्ता भएका छन् । त्यस्तै बैंकिङकसुरका २ वटा, बाल बिबाह १ वटा, सवारी दुर्घटनाका २ वटा मुद्धा दर्ता भएका छन् । 

प्रहरीको तथ्यांकअनुसार दर्ता भएका १११ मुद्दामध्ये ५९ वटा मुद्दा फछ्र्यौट भइसकेका छन् भने बाँकी ५२ वटा अझै अनुसन्धान, मुद्दा दर्ता र अदालती प्रक्रियामा छन । उहाँका अनुसार आत्महत्या र भवितव्यज्यान लगायतका मुद्धामा २ वर्ष कुर्नुपर्ने कानुनी प्रकृया हुन्छ । 

प्रहरीमा एक वर्षको अवधिमा जबरजस्ति करणीका १२ उजुरी आएकोमा ११ उजुरी फच्र्यौट भएका छन, एक मुद्दा विचाराधिन अवस्थामा छ । अभद्र व्यवहारकाका १८ वटा उजुरी परेकोमा प्रायः मिलापत्र गरिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाचार
बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङको जयपृथ्वी नगरपालिकामा लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले जयपृथ्वी नगरपालिका–९, चिउडीखानबाट लागुऔषध चरेशसहित शेरबहादुर बोहरालाई पक्राउ गरेको हो।
देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायु कमजोर रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा...
मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

थलारा गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष रविन्द्र जोशीले सञ्चार, सडक र विद्युतजस्ता आधारभूत सेवा सुविधाहरू वडा अन्तर्गतका सबै टोलटोलमा पुर्या‍उने प्रतिबद्धता जनाउनु भएको छ।
संघीय सरकारबाट बझाङका पालिकालाई ३ अर्ब ९६ करोड अनुदान, सबैभन्दा बढी बुंगल नगरपालिकाले पाउने

संघीय सरकारबाट बझाङका पालिकालाई ३ अर्ब ९६ करोड अनुदान, सबैभन्दा बढी बुंगल नगरपालिकाले पाउने

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले बझाङ जिल्लाका सबै १२ स्थानीय तहलाई ३ अर्ब ९६ करोड ४६ लाख रुपैयाँ बराबरको अनुदान विनियोजन गरेको छ। संघीय सरकारको...
भर्खरै