नेभिगेशन
जयपृथ्वी विशेष

एउटा सहयोगको सुरुवात: बझाङका अनाथ बालबालिकाका लागि ‘राथोड’को ५० हजार

बझाङ  - सत्यवादी माविको छात्रावासमा आश्रित अनाथ तथा विपन्न बालबालिकाले हालै सहयोग पाएका छन्।

बालबालिकाको पीडाबारे समाचार सार्वजनिक भएपछि बझाङकै जयपृथ्वी नगरपालिका–३ निवासी स्वर्गीय धनी खड्काका नाति तथा हाल युरोपियन मुलुक पोर्चुगलमा रहनुभएका विकास खड्का ‘राठोड’ले ५० हजार रुपैयाँ सहयोग पठाउनुभएको हो।

उहाँको सहयोगबाट छात्रावासमा बस्ने ५० बालबालिकाले प्रतिव्यक्ति एक–एक हजार रुपैयाँ नगद, शैक्षिक सामग्री तथा लुगा खरिदका लागि रकम पाएका छन्।

सत्यवादी माविले विगत चार वर्षदेखि यस्ता बालबालिकालाई छात्रावास, पुस्तक र शिक्षाको सुविधा दिँदै आएको भए पनि स्रोत र संरचनाको अभावमा सबै आवश्यकताहरू पुरा गर्न कठिनाइ हुँदै आएको विद्यालय प्रशासनले जनाएको छ।

सहयोग प्राप्त गरेका बालबालिकाले आफूहरूलाई राहत पुगेको बताउँदै यस्ता सहयोगले अभावबीच पनि पढाइमा प्रेरणा मिल्ने प्रतिक्रिया दिएका छन्।

विदेशमा संघर्षरत रहँदै पनि आफ्ना बालबालिका र गाउँ समाजलाई सम्झेर सहयोग गर्नु विकास खड्का ‘राठोड’को प्रेरणादायी उदाहरण भएको विद्यालयका प्रमुख खगेन्द्रप्रसाद जैशीले बताउनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप जयपृथ्वी विशेष
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
भर्खरै