नेभिगेशन
सुदूरपश्चिम

बझाङमा ढुङ्गा लागेर गम्भीर घाइते भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार

बझाङ: बझाङमा भीरबाट ढुङ्गा खस्दा गम्भीर घाइते भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको साइपाल गाउँपालिका वडा नं ३ माथिल्लो कायाकी स्थानीय एवम् वडा नं ३ कि वडा सदस्यसमेत रहेकी डिकी गुरुङलाई बझाङमा उपचार सम्भव नभएपछि सोमबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्वार गरिएको हो ।

२८ वर्षीया गुरुङ आइतबार साँझ घर नजिकैको जालिकाँडा भन्ने जङ्गलमा दाउरा काट्ने क्रममा माथिबाट ढुङ्गा खस्दा गम्भीर घाइते भएको साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले जानकारी दिनुभयो ।

गुरुङको टाउकोमा गहिरो चोट लागेको र अवस्था गम्भिर भएकाले सोमबार हेलिकप्टर मार्फत नेपालगञ्ज रेफर गरिएको बताइएको छ । उद्धार खर्च ५ लाख बराबरको रकम गाउँपालिकाले ब्यहोर्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै