नेभिगेशन
सुदूरपश्चिम

बझाङको खप्तडछान्नामा पारिवारिक प्रतिसोधका कारण तिहारकै दिन झडप, चार जना गम्भीर घाइते

खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलमा भएको बिहीबार साँझ दोहोरो झडपमा चार जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते चार जनाकै बझाङमा उपचार सम्भव नभएपछि बिहीबार राति नै धनगढी रेफर गरिएको छ।

घाइतेहरुमा बसन्त खड्का, त्रिभूवन खड्का, प्रकाश खड्का र दिपक खड्का रहेका छन् । उनीहरुबीच पुरानै पारिवारिक प्रतिसोधका कारण झडप भएको वडाध्यक्ष तेजबहादुर खड्काले बताए । तर निवर्तमान वडाध्यक्ष तिलक खड्काले भने यस घटनामा वर्तमान वडाध्यक्ष तेज खड्का नै सामेल रहेको र सुनियोजित ढंगले काम गरेर घर फर्किरहेका बसन्त खड्का र दिपक खड्कामाथि अनावश्यक लफडा झिकेको दाबी गरे । 

उनका अनुसार बसन्त खड्काले चुनावी प्रचारको विवादका क्रममा त्रिभुवन खड्काको टाउकोमा बोतलले हिर्काउँदा झगडा सुरु भएको हो । घाइते हुनेहरु नेकपा एमाले र नेपाली कांग्रेसका समर्थक रहेको बुझिएको छ । पाटादेवलमा खड्का परिवारबीच राजनितिक प्रतिसोधकै कारण प्राय: जसो झडप भइरहन्छ ।  उनीहरु सबै एकै परिवारका रहेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै