नेभिगेशन
सुदूरपश्चिम

चैनपुरमा शृङ्खलावद्ध चोरीका घटना बढ्दै, गयराति प्रहरीलाई चुनौती दिदै मुख्य बजारमा चोरी

बझाङ सदरमुकाम चैनपुरमा एक पसलमा चोरी भएको छ । गयराती सदरमुकाम चैनपुरस्थित ओली तरकारी पसल नजिकै रहेको एस प्लस मोबाइल ग्यालरी पसलमा चोरी भएको हो ।

पसलबाट एक ल्यापटप, १९ वटा स्मार्ट मोबाइल फोन र १३ वटा किवर्ड मोबाइल फोन र ८ हजार बराबर नगद र अन्य सामान गरि ४ लाख बढीका सामान चोरी भएको मोबाइल ग्यालरीका सञ्चालक शिबराज उपाध्यायले बताउनुभएको छ । उहाँका अनुसार पसलसँगै रहेको रामप्रसाद उपाध्यायको चिया पसलबाट प्लाइउड तोडेर चोरी गरिएको भेटिएको हो ।

चोरी भएको स्थान सदरमुकाम चैनपुरको मध्यस्थान र प्रहरीले सुरक्षास्थान भए पनि प्रहरीलाई नै चुनौती थपिएको छ । यसअघि पनि सदरमुकाम चैनपुरमा शृङ्खलावद्ध चोरी हुँदै आएका छन् ।

चैनपुरका व्यवसायीले असुरक्षित रहेको भन्दै प्रहरी प्रशासन र नगरपालिकालाई गुहारे पनि अहिलेसम्म सुरक्षा चुनौती भने हटेको छैन । केहि समय अगाडी जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले चैनपुर बजारको सुरक्षा र फोहोर व्यवस्थापनका लागि २० दिनभित्र सिसिटिभी क्यामेरा जडान गर्ने एक कार्यक्रममा उद्घोष गरे पनि उहाँ चुक्नुभएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै