नेभिगेशन
सुदूरपश्चिम

बझाङमा विद्युत सर्ट हुँदा दईवटा पसल जलेर खरानी

बझाङमा विद्युत सर्ट भएर दईवटा पसल जलेर खरानी भएका छन् । मंगलबार राति १ बजे वित्थडचिर गाउँपालिका गाउँपालिकाको देउलेखमा रहेका न्यु डिएन होटेल एण्ड लज र वेलकम टेलर्स जलेर खरानी भएका हुन् ।

दत्ति महरले सञ्चालन गरिरहेको न्यु डिएन होटेल एण्ड लज र  सुनील नेपालीले सञ्चालन गरिरहेको वेलकम सिलाई सेन्टरमा भएको क्षतिबारे अहिले प्रहरीले मुचुल्का तयार गरिरहेको वित्थडचिर गाउँपालिका अध्यक्ष अम्मर महरले बताउनुभयो ।

उहाँका अनुसार दुबै पसल जलेर खरानी भएका छन् । वेलकम टेलर्सका सञ्चालक सुनिल नेपालीले सुन किन्नका लागि राखिएको ४ लाख नगदसहित सिलाइ मेसिन,लुगाकपडासहित २० लाख क्षति भएको दाबी गरिरहेका छन् भने दत्तिराम महरले पनि २५ लाखसम्मको क्षति भएको दाबि गरिरहेका गाउँपालिका अध्यक्ष महरले पुष्टि गर्नुभयो ।

घटनाबारे प्रहरीको आधिकारिक रिर्पोट भने आउन बाँकी छ । रातिको समय भएकाले आगो निभाउन नसकिएको पिडित नेपालीले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै