नेभिगेशन
सुदूरपश्चिम

शिल्देवी मेला : आज पहिलो खेल छबिसपाथिभेरा र थलारा गाउँपालिकाबीच हुँदै

सुर्मादेवी मेलाको अवसर पारी बझाङ उधोग बाणिज्य संघले आयोजना गरेको उद्योग वाणिज्य संघ कप २०७९ अन्तर्गत आज पहिलो खेल छबिसपाथिभेरा गाउँपालिका र थलारा गाउँपालिकाबीच हुनेछ भने दोस्रो खेल केदारस्यु गाउँपालिका र दुर्गाथली गाउँपालिकाबीच हुनेछ । प्रतियोगीतामा जिल्ला भरका १६ पुरुष र ९ महिला टिम सहभागी रहेका छन् ।

सोमबार पहिलो दिन पुरुष तर्फ ५ र महिला तर्फ ३ खेल सम्पन्न भएका छन् । सोमबार भएको पहिलो खेलमा खप्तछान्ना गाउँपालिकालाई हराउँदै बुंगल बिजय बनेको छ भने दोस्रो खेलमा जयपृथ्वी नगरपालिकालाई वि लाई हराउँदै छविस ए बिजयी बनेको छ । यस्तै खप्तडछान्ना गाउँपालिका वि र सुर्मा गाउँपालिकाबीच भएको तेस्रो खेलमा सुर्मा बिजयी बनेको छ ।

सुर्मा गाउँपालिका ए र मष्टा गाउँपालिका वि बीच भएको चौथो खेलमा सुर्मा ए बिजयी भएको छ । वित्थडचिर गाउँपालिका र तल्कोट गाउँपालिकाबीच भएको पाचौं खेलमा वित्थडचिर गाउँपालिका बिजयी बनेको छ । 

महिला तर्फ तलकोट गाउँपालिका र मष्टा गाउँपालिकाबीच भएको पहिलो खेलमा मष्टा गाउँपालिकाको टिम बिजयी बनेको छ । जयपृथ्वी नगरपालिका ए र वित्थड गाउँपालिकाबीच भएको खेलमा वित्थडचिर गाउँपालिका बिजयी बनेको छ भने छविसपाथिभेरा गाउँपालिका र बुंगल नगरपालिकाबीच भएको खेलमा छविसपाथिभेरा बिजयी बनेको छ ।

प्रतियोगीतामा पुरुष भलिबलतर्फ प्रथम पुरस्कार १ लाख ३१ हजार १ सय ११ रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्र तोकिएको छ भने महिला भलिबलतर्फ प्रथम पुरस्कार ५१ हजार १ सय ११ रुपैंयाँसहित मेडल, ट्रफि र प्रमाणपत्र तोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै