नेभिगेशन
सुदूरपश्चिम

मष्टा गाउँपालिकाले एक आर्थिक वर्षमा ३२ वटा मन्दिर निर्माण तथा मर्मत गरि करिब ९ लाख खर्चेको पाइयो

मष्टा गाउँपालिकाले एक आर्थिक वर्षमा ३२ वटा मन्दिर निर्माण तथा मर्मत गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा मष्टा गाउँपालिकाले ८ लाख ९० हजार विनियोजन ३२ वटा मन्दिरमा खर्च गरेको महालेखा परिक्षकको कार्यालयको २०७९ को प्रतिवेदनले देखाएको छ ।

दिगो र उत्पादनमूलक क्षेत्रमा पुँजिगत बजेट बिनियोजन गरी स्थानीय रोजगारी सृजना तथा गरवी निवारणमा केन्द्रित हुनुपर्नेमा पालिकाले अनुत्पादक क्षेत्र मन्दिर निर्माण जस्ता धार्मिक क्रियाकलापमा कूल पालिकाको पुँजीगत बजेटको ०.५ प्रतिशत खर्च भएको देखिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रमुख प्रशासकिय अधिकृतले स्वीकृत बजेट खर्च गर्दा नियमितता मितव्यिता प्रभावकारिता कार्य दक्षता र औचित्यता समेतको आधारमा खर्च गर्नुपर्ने व्यवस्था छ तर मष्टा गाउँपालिकाले यी कुराहरु ध्यान नदिएर अनुत्पादक क्षेत्रमा कार्यकर्तामुखी र वितरणमुखी बजेट विनियोजन गरि राज्यकोषको दोहन गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै