नेभिगेशन
सुदूरपश्चिम

मृतक शिक्षकका परिवारलाई सिगास ६ र ७ का वडाध्यक्षले २ वर्षसम्म आर्थिक सहयोग गर्ने 

  • राजेन्द्र सिंह साउँद

बैतडी: बैतडीको सिगास गाउँपालिकामा बौलाहा कुकरले टोकेर मृत्यु भएका भनिएका नरबहादुर साउँदको परिवारलाई दुइ जना वडाध्यक्षले दुई वर्षसम्म आर्थिक सहयोग गर्ने  प्रतिवद्धता जनाएका छन् । सिगास- ७ न्वाघरमा रहेको बालकृष्ण माध्यमिक विद्यालयका लेखापाल ३६ वर्षीय नरबहादुर साउँदको परिवारलाई वडा नम्बर ६ का वडाअध्यक्ष तेजबहादुर साउँद र वडा नम्बर ७ का वडाध्यक्ष कर्ण बहादुर साउँदले आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन्। 

गत वैशाख महिनामा बौलाहा कुकुरले टोकेको केही महिनापछि लक्षण देखिएका उनको अस्पतालमा राखेर उपचार भइरहेको र उपचार सम्भव नभएपछि अस्पतालबाट घर लैजाँदै गर्दा शुक्रबार बाटोमा नै मृत्यु भएको थियो।

शुक्रबार साउँदको अन्तेष्टिपछि मसानघाटमै पुगेर सिगास -६ का वडा अध्यक्ष तेजबहादुर साउँद र ७ का वडाध्यक्ष कर्ण बहादुर साउँदले आफूले पाउने सेवा सुविधाबाट २ वर्षसम्म मासिक २/२ हजारका दरले मृतकका छोरा छोरीलाई पढ्न लेख्न राहात पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गर्ने घोषणा गरेको मृतकका आफन्तले बताएका छन् । 

बौलाहा कुकुरले टोकेर मृत्यु भएका नरवहादुर साउदँको घरमा आमाबुबा, श्रीमती, एक छोरा र एक छोरी गरि ५ जना परिवार सदस्य रहेका छन् ।  

साउँदको मृत्युपछि परिवारको बिचल्ली भएको मृतक साउँदका छोरा तेज साउँदले बताए । बुबाको कमाइले सम्पूर्ण परिवार पालिएको  र अब आफूलाई ठूलो चोट लागेको उनको भनाई छ । मृतक लेखापालकी छोरी बालकृष्ण माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छन् भने उनका छोरा सेती प्राविधिक शिक्षालय दिपायल डोटीमा पहिलो वर्षको ओभरसियरको अध्ययन गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै