नेभिगेशन
सुदूरपश्चिम

साइपालमा लडेर म्भीर घाइते भएका ३ जनाको हेलिकप्टरबाट उद्धार गरियो

बझाङ : साइपाल गाउँपालिकामा छुट्टाछुट्टै ठाउँमा लडेर दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा लेकबाट यार्सा संकलन गरेर घर फर्किरहेका साइपाल ४ धुलीका शिबु रोकाया र साइपाल गाउँपालिका–३ काँडाका ३३ वर्षीय पूर्णबहादुर बोहरा पनि ढोगदिना भन्ने जंगलमा दाउरा काट्ने क्रममा लडेर घाइते भएका थिए ।

यस्तै घरमा खेलिरहेको अवस्थामा लडेर घाईते भएका ६ बर्षिया आर्यन गुरुङको पनि उद्धार गरिएको छ । घाईतेहरुको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

बोहराको टाउकोमा गम्भीर चोट लागेको छ भने रोकायाको टाउको र शरिरमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते उनीहरुको बझाङमा उपचार सम्भव नभएपछि साईपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहराको पहलमा सिम्रिक एयरको हेलिकप्टर मार्फत नेपालगञ्ज रेफर गरिएको छ ।

तीनै जनाको गरि ४ लाख बढी रकममा हेलिकप्टर हायर गरेर उपचारका लागि नेपालगञ्ज लगिएको साईपाल गाँउपालिकाका अध्यक्ष मानविर बोहराले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै