नेभिगेशन
सुदूरपश्चिम

थलारामा सुख्खा खडेरीले तुलबालीमा भएको क्षतिको सूचना संकलन गरिदै

बझाङ : यस वर्ष सुख्खा खडेरीले तुलबालीमा परेको क्षति र असर प्रभाव बारेमा सूचना संकलन गर्न एक टोली थलारा गाउँपालिकामा हिडेको छ ।

टोलीले वैशाख ३ गते पाराकाट्नेको धामीगाउँ साथै डिख्ला गाउँका स्थानीय समुदाय सँग भेटघाट र छलफल गरि खडेरीले तुलबालीमा परेको क्षतिको बारेमा जानकारी लिएको हो ।

किसानहरू सँग छलफल गर्दा यस वर्ष सुख्खा खडेरीले उत्पादनमा धेरै क्षति भएको र भोकमरी हुनसक्ने किसानहरूले चिन्ता व्यक्त गरेका छन् ।

टोलीले स्थलगत तुलबालीको अनुगमन तथा समुदाय सँग भेटघाट गर्दा यस वर्ष गहुँ र जौ मा करिब ९० प्रतिशत क्षति भएको देखिएको छ ।

खडेरीले खाद्य बालीमा परेको क्षतिका बारेमा सूचना संकलन गर्न सुदूरपश्चिम खाद्य अधिकार संजालका संयोजक बल बहादुर रोकाया बझाङ जिल्ला खाद्य अधिकार संजालका संयोजक जगदीश रोकाया थलारा एफएमका प्रबन्ध निर्देशक पदम खड्काको टोली सूचना संकलनमा रहेको छ ।

टोलीले बैशाख ४ गते डिख्लाका स्थानीय समुदायका मानिसहरू सँग तुलबालीमा भएको क्षतिका बारेमा जानकारी लिने छ , भने दंगार्जीको बगाडा थापा गाउँमा पनि यस वर्ष खडेरीले तुलवालीमा भएको क्षतिको बारेमा सूचना संकलन गरिने बझाङ जिल्ला खाद्य अधिकार संजालका संयोजक रोकायाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै