नेभिगेशन
सुदूरपश्चिम

बझाङमा कूल मतदाता संख्या १ लाख २३ हजार १ सय २०, हेर्नुहोस् कुन पालिकामा कति ?

चैनपुर : बझाङमा १ लाख २३ हजार १ सय २० मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय जनाएको छ । जसमध्ये सबैभन्दा बढी बुंगल नगरपालिकामा १९ हजार ७ सय १९ जना मतदाता रहेका छन् भने  सबैभन्दा कम साइपालमा १ हजार ५ सय ६ मतदाता संख्या रहेको कार्यालयको तथ्यांक रहेको छ ।

गत २०७४ स्थानीय तह निर्वाचनमा बझाङमा ९७ हजार ६ सय ११ मतदाता संख्या रहेकोमा यस निर्वाचनसम्म आइपुग्दा बझाङमा १ लाख २३ हजार १ सय २० मतदाता संख्या पुगेको छ । जसमा महिला ६१ हजार ४४ जना मतदाता र पुरुष ६२ हजार ७६ जनता मतदाता रहेका छन् । यद्यपी यो अन्तिम तथ्यांक भने नभएको जिल्ला निर्वाचन कार्यालय जनाएको छ ।

यसै तथ्यांकबाट ७ सय ३७ मृत्यु भएकाहरुको नामावली र मृत्यु दर्ता प्रमाणपत्र निर्वाचन आयोगमा पठाइएको कार्यालयको भनाई छ ।

यसैगरि पालिका स्तरमा मतदाता संख्या हेर्ने हो भने जयपृथ्वीमा १४ हजार ४ सय १४ जना, छबिसमा १० हजार ३ सय ७१ जना, थलारामा ११ हजार ३ सय ९२ जना, मष्टा ९ हजार १ सय १८ जना, केदारस्युँमा १२ हजार १ सय ५८ जना, खप्तडछान्नामा ११ हजार २ सय ८७ जना, दुर्गाथलीमा ९ हजार ७१ जना, वित्थडचिरमा ११ हजार ३७ जना, सुर्मामा ५ हजार ३ सय ८१ जना र तल्कोटमा ७ हजार ६ सय ६६ जना मतदाता संख्या रहेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै