नेभिगेशन
सुदूरपश्चिम

बझाङमा एक वृद्धाको शव फेला, हत्या आरोपमा नाति पक्राउ

बझाङ : बझाङमा एक वृद्धाको शव फेला परेको छ । जिल्लाको दुर्गाथली गाउँपालिका–५ की ८० वर्षीया रिठीदेवी जप्रेलको शव बिहीबार बिहान फेला परेको हो । उनको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

भदौ २७ गतेदेखि बेपत्ता रहेकी उनको खोजी गर्ने क्रममा घर पछाडी खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताउनुभयो । उनका अनुसार हत्याको आशंकामा उनका २१ वर्षीय नाति सुुवाश जप्रेल पक्राउ परेका छन् । उनले सुनका गहना माग्दा नदिएपछि लुटेर आफ्नै सहोदर बज्यैको हत्या गरेको आशंका गरिएको छ ।

फरार अवस्थामा रहेका उनी खोजी गर्ने क्रममा बिहीबार नै पक्राउ परेको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेका शुवासलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइरहेको र बाँकी विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै