नेभिगेशन
सुदूरपश्चिम

अब बझाङबाट सिधै‌ भारत जान सकिने, इन्द्रेणी लालीगुँरास टुर एण्ड ट्राभल्सले बझाङमा टिकट काउन्टर खोल्यो

बझाङ : इन्द्रेणी लालीगुँरास टुर एण्ड ट्राभल्सले बझाङबाट सिधै भारतका विभिन्न शहरमा जान बसको व्यवस्था गरेपछि भारतमा मजदुरी गर्न जानेहरुका लागि सहज भएको छ । बझाङको बाहुली खोला पक्की पुल नजिकै टिकट काउन्टर स्थापना गरेपछि भारत जान सहज भएको हो ।

सोमबार एक कार्यक्रमकाबीच बझाङ बासीको सहजताका लागि इन्द्रेणी लालीगुँरास टुर एण्ड ट्राभल्स सञ्चालक चन्द्र कठायत 'अविनाश' र दिर्घराज उपाध्यायले बाहुली खोला पक्की पुल नजिक टिकट काउन्टर उद्घाटन गर्नुभएको हो । धनगढीबाट नेपालीहरुले विभिन्न बस यातायात समिति मार्फत भारत पुर्‍याउने गरेता पनि बझाङबासीहरु धनगढी, महेन्द्रनगरबाट ठगिने गरेका कारण सहजताका लागि बझाङमै काउन्टर स्थापना गर्नुपरेको सञ्चालक चन्द्र कठायत 'अविनाश' ले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र खड्काले रिवन काटि दियो बालेर काउन्टर उद्घाटन गर्नु भएको हो । कार्यक्रममा जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष केशबहादुर रोकाया लगायत विभिन्न राजनितिक दलका पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै