नेभिगेशन
सुदूरपश्चिम

थलाराको खानी गाउँमा सिँचाईका लागि वर्षा पम्पबाट पानी

बझाङ : थलारा गाउँपालिका -९ खानी गाँउमा तरकारी र वाली सिँचाईका लागि बर्षा पम्प जडान गरिएको छ । युनाईटेड मिसन टु नेपाल र प्रगतिशिल युवा समाज बझाङको सिर्जना परियोजनाको आर्थिक सहयोगमा सेती नदीमा वर्षा पम्प जडान गरिएको हो । 

तरकारी खेतीलाई लक्षित गर्दै सेती नदी बाट बर्षा पम्पको सहयोगले गाउँमा पानी लिफ्टिङ् गरेर सिँचाई सुविधा पुर्‍याइएपछि यहाँका ३५ परिवार लाभावन्वित भएका छन् । परियोजनाको ३ लाख बढीको लागतमा पानी तान्ने वर्षा पम्प, पाईप ल्याई गाँउभन्दा तल रहेको सेती नदीको पानीमाथि गाउँमा ल्याइएको हो । 

सिँचाईको लागि पानी पाएपछि स्थानिय हर्षित भएका छन् । तरकारी राम्रो उत्पादन हुने भएको भए पनि सिँचाई सुविधा नहुँदा व्यवसायिक रुपमा तरकारी खेती गर्न नसकिएको स्थानीय दिनेश सुनारले बताए । 

उनले भने, “अरु उत्पादन भन्दा बाह्रै महिना तरकारी उत्पादन राम्रो हुन्थ्यो । तर हिउँदको समयमा सिँचाईका लागि पानी नहुँदा सास्ति भोग्नु परेको थियो । वर्षातको समयमा त गाउँ नजिकै पानीका मूलहरु फुट्ने भएकाले वर्षे तरकारी राम्रै हुन्थ्यो । अव वर्षा पम्पबाट गाउँमा पानी पुगेपछि तरकारी वालीमा सिंचाई गर्न सहज हुने भएको छ ।  गाउँमा पानी पुगेपछि खुसी लागेको छ ।”

अर्का स्थानीय अमर सुनारले गाँउमा सिँचाईका लागी पानी पुगेसंगै बर्षौ देखिको गाँउलेको तरकारी खेती गर्ने धोको पुरा भएको बताए । सुनारले भने, “घर छेउमै सेती नदी बगे पनि सिँचाईका लागी पानी उपभोग गर्न पाएका थिएनौ । घर छेउमै ठुलै नदी बगेपनि पानी उपभोग गर्न नपाउनु हाम्रो र्दुभाग्य हो । वर्षौदेखि पानीको अभाव भोगेका हामीहरुलाई वर्षा पम्पबाट लिफ्टिङ् गरेर ल्याएको पानीले राहात भएको छ । अब हिँउदे तरकारी उत्पादन गर्न पनि सहज भएको छ । बर्षा पम्प जडानसँगै कृषकहरुमा परम्परागत कृषि शैलीलाई परिर्वतन गरी नयाँ प्रविधि र यन्त्रीकरण गरेर व्यवसायिक रुपमा तरकारी खेती गर्न सिकाएको छ ।”

यो प्रविधि सुरुमा २०१४ मा नेपाल भित्रिएको हो । यो मेसिन हावा र पानीको माध्यमबाट घुम्ने गर्दछ । यो मेसिनबाट २० मिटर भर्टिकल उचाईसम्म र २ किलोमिटर होरिजेन्टलसम्म पानी पठाउन सकिन्छ । हावा र पानीबाट चल्ने भएकाले यस्को एकतर्फी मात्र खर्च हुन्छ । एकैचोटी किन्दा मात्र खर्च हुने भएकाले खोला किनाराका सिचाँई सुविधा नभएका ठाँउका लागी प्रभावकारी हुने सिर्जना परियोजनाका कार्यक्रम अधिकृत बल बहादुर ओडले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै