नेभिगेशन
सुदूरपश्चिम

बुंगल नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु 

बझाङः बुंगल नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नगरपालिका–२ गिरौँमा ट्याक्टर दुर्घटना हुँदा सोहि गाउँका ४५ वर्षीय मान बहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक एवम् सुचना अधिकारी कमल चौधरीले बताए । 

मंगलबार राति  ८ः०० बजेतिर कालंगा हाइड्रोपावरको सुरुङ निर्माणको लागि बालुवा लोड गर्नेक्रममा से २ प २५६६ नम्बरको रोकेर राखेको ट्याक्टर अचानक गुडेपछी कालंगा हाइड्रोपावरमा मजदुरी गर्दै आएका धामी च्यापिएर घाईते भएका थिए । घाईते धामीलाई उपचारको लागि देउलेख प्रथामिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

मंगलबार राति उपचारकै क्रममा देउलेख प्राथमकि स्वास्थ्य केन्द्रमा धामीको मृत्यु भएको हो । घटना मंगलबार भएको भएपनि बुंगलमा मोबाईल नेटवर्कको समस्या हुदाँ जानकारी ढिला आएको र कन्चनपुरको झलारी घर भएका बर्ष २६ का ट्याक्टर चालक धर्मराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको समेत सुचना अधिकारी चौधरीले बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै