नेभिगेशन
सुदूरपश्चिम

अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो तर जोखिम उस्तै

बझाङ : निरन्तर बर्षातका कारण ठाउँ-ठाउँमा अवरुद्ध जयपृथ्वी राजमार्ग शनिबार खुलेको छ। बुधबार रातिदेखि अवरुद्ध जयपृथ्वी राजमार्गमा अलपत्र सवारी साधन  आ-आफ्नो गन्तव्यतिर लागेका छन् । 

राजमार्ग अन्तर्गत जयपृथ्वी नगरपालिका -७ कचाली खोला, माल्नालाग्ने भीर, छबिसपाथिभेराको सुङ्गाला बालुवाटार लगायतका ठाउँमा पहिरो आएर सडक अवरुद्ध भएको थियो । 

दुई तर्फबाट डोजर लगाएर बाटो खुलाईएको डिएसपी रुपक खड्काले बताए । उनले भने,'सडक आज लामो प्रयासपछि खुलाइयो तर अझैं पानी परिरहेकाले फेरि अवरुद्ध हुनसक्छ । अझैं यात्रु तथा सवारी चालकले सावधानीकासाथ यात्रा गर्न आवश्यक छ ।' 

आइतबार फेरि भारी पानी पर्ने माैसम पूर्वानुमान महाशाखाको अनुमान भएकाले सडक फेरि अवरुद्ध हुने सम्भावना प्रबल रहेको उनले थपे । 

शाखा सडक विस्तार, घुम्ती चाैडा पार्ने काम र साँघुरो ठाउँमा सडक चाैडा पार्ने काम भइरहेको हुँदा यस बर्खायाममा जयपृथ्वी राजमार्गमा बढी बाढी पहिरो र भूक्षयको सम्भ‍ावना रहेको सडक डिभिजन कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै