नेभिगेशन
Tihar Banner
Tihar Banner
सुदूरपश्चिम

थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पृष्टी

बझाङ । आज बझाङमा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पृष्टी भएको छ । जिल्ला अस्पताल बझाङमा गरिएको पिसिआर परिक्षणमा ४२ जना र एन्टिजेन परिक्षण गर्दा ४ जनामा गरी ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो सँगै जिल्लामा कोरोनाको दोस्रो भेरियन्ट पछी मात्रै संक्रमित हुनेहरुको संख्या १०९५ पुगेको छ । 
आज थपिएका कोरोना संक्रमितहरु जिल्ला अस्पतालका ४ जना, तल्कोट गाँउपालिकाका ९ जना, मष्टा गाँउपालिकाका ११ जना र जयपृथ्वी नगरपालिकाका १५ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । यस्तै खप्तड छान्ना गाँउपालिकाका १ जना, थलारा गाँउपालिका र बुङ्गल नगरपालिकामा तीनतिन जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 
अहिलेसम्म जिल्लाभर संक्रमित हुनेहरु मध्ये जयपृथ्वी नगरपालिकामा ३७३ जना, साइपाल गाँउपालिकामा ५ जना, तल्कोट गाँउपालिकामा ५० जना, मष्टा गाँउपालिकामा ५३ जना र सुर्मा गाँउपालिकामा १४ जना कोरोना संक्रमित रहेका छन् । यस्तै छविस पाथिभेरा गाँउपालिकामा ७९ जना, खप्तड छान्ना गाँउपालिकामा १२० जना, दुर्गाथलीमा ६१ जना र थलारा गाँउपालिकामा ८४ जना कोरोना संक्रमित पुगेका छन् । उता बुङ्गल नगरपालिकामा ५३ जना, विथ्थडचिर गाँउपालिकामा ५८ जना र केदारस्यू गाँउपालिकामा ९६ जना र अन्य ४९ जना गरी १०४९ संक्रमित पुगेको स्वास्थ्य कार्यालयको रिर्पाेटमा उल्लेख गरिएको छ  ।
निको हुनेको संख्या बढ्योः
यसैवीच पछिल्लो चौविस घण्टामा जिल्लामा थप ६४ जनाले आज कोरोनालाई जितेसँगै कोरोनाबाट मुक्त हुनेको संख्या १९६ पुगेको छ । जिल्लामा अव जयपृथ्वी नगरपालिकामा ३३२ जना, साइपाल गाँउपालिकामा ४ जना, तल्कोट गाँउपालिकामा ३८ जना, मष्टा गाँउपालिकामा४६ जना र सुर्मा गाँउपालकामा १३ जना रहेका छन् । यस्तै छविस पाथिभेरा गाँउपालिकामा ५८ जना, खप्तडछान्ना गाँउपालिकामा १०८ जना रहेका छन् । दुर्गाथली गाँउपालिका, थलारा गाँउपालिका, केदारस्यूँ गाँउपालिकामा क्रमश ४३, ४४ र ७९ जना रहेका छन् भने, उता बुङ्गल नगरपालिकामा २८ जना र विथ्थड चिर गाँउपालिकामा ५५ जना र जिल्लाका अन्य ३७ जना गरी सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयको दैनिक रिर्पाेटमा उल्लेख गरिएको छ । अव जिल्लामा ८८५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा कुनै कोरोना संक्रमितले ज्यान गुमाएका छैनन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...