नेभिगेशन
सुदूरपश्चिम

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जीप सडकबाट अनियन्त्रित भइ करीब २०० मिटर तल खसेर दुर्घटना हुँदा चालक केदारस्युँ गाउँपालिका-१, रायलका ३३ वर्षिय शम्शेर मल्ल, तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, तलकोट गाउँपालिका-४ कै ७२ वर्षीय जोगेनी देवी धामी र बम बहादुर धामीकी ५ वर्षीया छोरी आकृती धामीको मृत्यु भएको हो ।

गयराति ८:३५ बजे तलकोट गाउँपालिका-२, सुकगाडमा भएको जीप दुर्घटनामा तीन जनाको घटना स्थलमै र आकृतिको जिल्ला अस्पताल सिमखेत लैजादै गर्दै बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए। यस्तै बझाङकै मष्टामा भएको अर्को जीप दुर्घटनामा चालकको मृत्यु भएको छ । मष्टाको भातेखोलाबाट रनाडा तर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नं.को जीप सडक अनियन्त्रित भइ  १०० मिटर तल खस्दा चालक मष्टाकै ४२ वर्षिय धर्म थापाको मृत्यु भएको हो । राति ९ बजेको समयमा कोटदेवल भन्ने ठाउँमा जिप दुर्घटनामा परेको हो । जिपमा चालक थापा एक्लै रहेको प्रहरीले जनाएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै