नेभिगेशन
सुदूरपश्चिम

बझाङमा आफैले चलाएको अटो दुर्घटना हुँदा चालकको मृत्यु

बझाङमा अटो दुर्घटनामा परि घाइते भएका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका ४ का २४ वर्षिय गोबिन्द बि.क. रहेका छन् ।

बि.क.  बित्थडचिर - ९ सुनकुडास्थित जयपृथ्वी राजमार्गमा देउलेखबाट सुनकुडा तर्फ आउँदै गरेको अवस्थामा ठाडीधार भन्ने स्थानमा गयराति करिब ८:४५ बजे अटो एक्ससहित सडकबाट १०० मिटर तल खसेका थिए ।  

बि.क.ले चलाएको सु.प.प्र. ०१००१ ह ६३२१ नम्बरको अटो एक्स सडकबाट १०० मिटर तल खस्दा उनको टाउको , मुख र अन्य पुरै शरिरमा चोट लागेको थियो । 

प्रहरी बेश देउलेखबाट प्र.स.नि. नरेन्द्र बहादुर रावलको कमाण्डमा ४ जनाको टोलीले उनलाई तत्काल प्राथमिक स्वस्थ्य केन्द्र देउलेख बझाङमा लगि सामान्य उपचार पश्चात थप उपचारको लागी जिल्ला अस्पताल डडेल्धुरा रेफर गरिएको र  राति २ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा सूचना अधिकारी लोकेन्द्र सिंह ठगुन्नाले बताए ।

उनका अनुसार बि.क.ले अत्यधिक मदिरा सेवन गरिएको मेडिकल रिपोर्टमा देखिएको छ । अहिले मृतक बिकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वस्थ्य केन्द्र देउलेख बझाङको शव गृहमा राखिएको छ । 

gobinda-1728618035.jpeg
दुर्घटनापछि सडकबाट १०० मिटर तल खसेका गोबिन्द


 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै