नेभिगेशन
सुदूरपश्चिम

पुर्ण रुपमा सुचारु भयो जयपृथ्वी राजमार्ग

अवरुद्ध भएको चार दिनपछि बुधबार दिउँसोदेखि जयपृथ्वी राजमार्ग पुर्ण रुपमा सञ्चालनमा आएको छ । छबिसपाथिभेरा -१ बालुटारमा खसेको सुख्खा पहिरो बुधबार चार दिनपछि पन्छाएर राजमार्ग सुचारु गरिएको हो । यसअघि दैनिक सडक खुलाउन जेसिबी खटिए पनि ठुलो पहिरो भएको र निरन्तर ढुंगा खसिरहेकाले खुलाउन सकिएको थिएन ।

बुधबार जेसिबीले पहिरोसँगै खसेको ढुंगामाटो सडकको छेउछाउमा व्यवस्थापन गरेर सडक पुर्ण रुपमा सुचारु गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । राजमार्ग सुचारु भएसँगै बालुवाटारमा रोकिदै आएका यात्रुबाहक बस, माल बाहक ट्रक लगायतका साना ठुला सवारी साधन गन्तव्य तर्फ लागेका छन् भने यात्रुलाई पनि सहज भएको छ । यसअघि केहीबेर पहिरो पन्छाउँदै साना सवारी साधन वारपार गराउँदै आइएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै