नेभिगेशन
सुदूरपश्चिम

बाग्थला नजिक पहिरो खस्दा जयपृथ्वी राजमार्ग आज बिहानैदेखि अवरुद्ध

जयपृथ्वी राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको छ । केदारस्युँ गाउँपालिका-४ तल्लो बाग्थला पानीधारा नजिक माथिबाट पहिरो खसेर राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको हो । 

सडक अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ भित्रनेहरु बिहानैदेखि अलपत्र परेका छन् । तल्लो बाग्थला नजिक रहेको पानी धारा नजिक माथिबाट पहिरो खसेको पाइएको नेपाल बिद्युत प्राधिकरण बाग्थला वितरण केन्द्रका कर्मचारी कम्मान मल्लले जानकारी दिनुभयो ।

चाडपर्व नजिकै गर्दा जयपृथ्वी राजमार्ग बेला बेला अवरुद्ध हुँदा यात्रु तथा सवारी साधनले सास्ती भोग्नु परिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
अझै सुचारु भएन जयपृथ्वी राजमार्ग, दुईवटा जेसिबि खटिए पनि पहिरोले चुनौती दियो

अझै सुचारु भएन जयपृथ्वी राजमार्ग, दुईवटा जेसिबि खटिए पनि पहिरोले चुनौती दियो

जयपृथ्वी राजमार्ग अन्तर्गत छबिसपाथिभेरा - १ बालुवाटार नजिक खसेको पहिरो २४ घण्टा बिते पनि सुचारु हुन सकेको छैन ।
'गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि शिक्षा परियोजनाको भूमिका महत्वपूर्ण'

'गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि शिक्षा परियोजनाको भूमिका महत्वपूर्ण'

वर्ल्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा प्रगतिशिल युवासमाजद्वारा बझाङको जयपृथ्वी नगरपालिकामा सञ्चालन भइरहेको समुदायमा आधारित बाल प्रायोजन र समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाको परिचयात्मक कार्यक्रम आइतबार सम्पन्न भएको छ । 
सरसफाईको चेत खुलाउन बित्थडचिरका उपाध्यक्षलाई फोहोर उपहार

सरसफाईको चेत खुलाउन बित्थडचिरका उपाध्यक्षलाई फोहोर उपहार

बझाङको बित्थडचिर गाउँपालिकाका उपाध्यक्षलाई फोहर उपहार दिइएको छ। पालिकालाई सफाइ राख्न प्रतिकात्मक रुपमा फोहर दिइएको हो।
बित्थडचिरमा बाघ आतंक, चराउन लगेका ४० मध्ये १० बाख्रा मारेको अवस्थामा भेटिए

बित्थडचिरमा बाघ आतंक, चराउन लगेका ४० मध्ये १० बाख्रा मारेको अवस्थामा भेटिए

बित्थडचीर गाउँपालिकामा बाघले आतंक मच्चाएको छ । बाघले बित्थडचिरबासीका बाख्रा, कुकुर लगायतका घरपालुवा जनावर मार्ने र मानिसहरुलाई तर्साउन थालेको हो ।
भर्खरै