नेभिगेशन
सुदूरपश्चिम
व्यापार घाटा

पसलमै सुतेर, लुडो खेलेर दिन कटाउँछन् बझाङका व्यापारीहरु

दशैं तिहार नजिकिनै लागे पनि बझाङका साना ठूला बजारहरुमा व्यापार नहुँदा व्यापारीहरु हैरान भएका छन् । बझाङको सदरमुकाम चैनपुरसहित झोता, देउरा, बाग्थला, देउरा, बिजगडा, देउलेख, खौला, पसलबगर लगायतका साना ठूला बजारहरुमा व्यापार व्यवसाय दिनानुदिन खस्किदै गएको हो ।

पछिल्लो समय देशकै आर्थिक अवस्था कमजोर भएका कारण सामान्य नागरिकसँग पैसा नहुँदा पसलसम्म पुग्ने गरेका छैनन् । सेवाग्राही पसलमा नआउँदा व्यापारीहरु पसलमै सुतिराख्ने, मोबाइल चलाउने र लुडो खेल्ने जस्ता काम गरि दिन कटाउने गरेको बिजगडाका व्यापारी अर्जुन धामीले बताउनुभयो ।

यस्तै व्यापार नहुँदा पहिलेदेखिका सामान पसलमै थन्किएको देउलेखका व्यापारी मोहन बोहराले गुनासो पोख्नुभयो । चाडबाडका समयमा पहिले धेरै ठूलो भिड लाग्ने गरेको तर यसपालि ग्राहक भेटाउनै मुस्किल भएको उहाँको भनाई छ । यस्तै चैनपुर चौराहमा लामो समयदेखि लुगाकपडा व्यापार गर्दै आउनुभएका पदम खड्काले पनि मुस्किलले दैनिक एक दुई जना ग्राहक पसलमा छिर्ने गरेको बताउनुभयो ।

व्यापार व्यवसाय ध्वस्त हुँदा पछिल्लो आफ्नो दिन लुडो खेलेर बित्ने गरेको उहाँको भनाई छ । पहिले यस समय चैनपुरमा धेरै भिडभाड हुने र मनग्य आम्दानी गरेको भए पनि पछिल्लो समय गाउँ केन्द्रित बजार बन्दै जानु, यातायातको व्यवस्था हुनु र नागरिकसँग पर्याप्त पैसा नहुनुले पनि ठूला बजारहरुमा किनमेल कम हुने गरेको छ ।  ग्राहक नहुँदा बझाङका साना ठुला बजारमा व्यापार घाटा हुँदै आएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै