नेभिगेशन
सुदूरपश्चिम

बझाङभर अटोरिक्सा र जीपको भाडादर तोकी अटोरिक्सा व्यवस्थापन गरिने

बझाङमा सञ्चालन भइरहेका जीप र अटो रिक्साको भाडादर,अटो रिक्सा लाइसेन्स भए नभएको र स्थानीय तहमा दर्ता गरे नगरेको विषयमा जाँच गर्नका लागि बुधबार जिल्ला यातायात व्यवस्थापन समितिको बैठक बसेको छ ।  

सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीको अध्यक्षतामा बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बुधबारको बैठकले बझाङ जिल्लाभर सञ्चालन भइरहेका अटो रिक्सा चालकको लाइसेन्स चेक जाँच गर्ने, स्थानीय तहमा दर्ता गरे नगरेको जाँच गर्ने र अटोरिक्साको निश्चित भाडादर तोकी रुट अनुसार सञ्चालन गर्न लगाउने विषयमा छलफल गरेको हो ।

जिल्लामा पछिल्लो समय छोटो रुटका लागि अटोरिक्सा नागरिकको रोजाइमा पर्ने गरेकाले व्यवस्थित गराउन लागिएको हो । यस्तै आगामी दिनमा जीपको पनि तोकिएको भाडादर कायम गराउने, प्रत्येक स्थानीय तहका शाखा सडकमा भाडासहितको होडिङ बोर्ड राख्न लगाउने र जीपमा पनि भाडादर जीपमा टाँस गर्न लगाउने विषयमा पनि बैठकमा छलफल भएको जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष तथा  सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताउनुभयो ।

उहाँले यसअघि पनि यस्ता कुरामा छलफल भए पनि कार्यान्वायन गर्न नसकिएको तर आगामी दिनमा कडाइका साथ लागु गर्न आफू स्थलगत भ्रमणमा जाने बताउनुभयो । बझाङमा जीप र अटो रिक्साले मनोमानी भाडा लिइरहेको व्यापक गुनासो आएकाले चाडपर्वको पूर्व सन्ध्यामा यो बैठक बसेको उहाँको भनाई छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै