नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ ७ गते चौंथौं वर्षमा प्रवेश गरेको छ ।

सूचना तथा सञ्चार प्रविधि विकास समूहद्धारा सञ्चालित यस सामुदायिक रेडियोले स्थापनाकालदेखि ओझेलमा परेका मानव समुदाय, स्थानीय संस्कृति, भाषा, र परम्परा, स्वास्थ्य, सरसफाइ, महिला अधिकार, बाल अधिकार, शिक्षा, स्वास्थ्य जस्ता समुदायका मुद्धा उठान गरिरहेको छ । छोटो समयमा स्रोताको मन जित्न सफल यस रेडियोले बझाङमै पहिलो पटक १८ घण्टा प्रसारण थालेको थियो ।

विद्युतको चरम समस्या झेलिरहेको बझाङमा यस रेडियाले ठूलो सोलार सिस्टमबाट ५०० वाट क्षमताका साथ आफ्नो प्रसारण थालेर हरेक घण्टा समाचार, सूचना, विज्ञापनसँगै जनचेतनामुलक कार्यक्रम प्रसारण गरिरहेको छ । जिल्लाका अधिकांश ठाउँमा सुनिने यो रेडियो स्रोता तथा यहाँको समुदायलाई सर्वोपरि बनाएर विभिन्न समाचार सामाग्री र कार्यक्रम प्रसारण गर्दै आएको छ ।

आज भदौ ७ गते जयपृथ्वी एफ.एम.ले विभिन्न स्थानीय तहका जनप्रतिनिधि, कार्यालय प्रमुख, बौद्धिक व्यक्तिसँग राष्ट्रिय विभुति जयपृथ्वी बहादुर सिंह र आगामी दिनमा रेडियोले खेल्नुपर्ने भुमिकाबारे बहश तथा अन्तक्रिया गर्ने भएको छ ।  वि.सं. १९३४ भदौ ७ गते बझाङको चैनपुरमा जन्मिनुभएका जयपृथ्वी बहादुर सिंह तत्कालीन बाइसे राज्यमध्येको एक बझाङका राजा विक्रमबहादुर सिंह र आमा रुद्रकुमारीका जेष्ठ पुत्र हुनुहुन्थ्यो । सिंहले नेपालको शिक्षा, न्यायप्रशासन, पत्रकारिता र नेपाली भाषाको उत्थानमा पु-याएको योगदान अतुलनीय छ  । मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहलाई नेपाल सरकार २९७९ असार ६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै