नेभिगेशन
सुदूरपश्चिम

कैलाशमा सञ्चालन भएको शिविरमा १ सय ९ जनाले सेवा लिए, ४८ जनाको खकारको नमुना संकलन

जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज जयपृथ्वी नगरपालिकामा वडा नम्बर १ मा क्षयरोगका बिरामीहरुको खोजपड्ताल तथा बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

जयपृथ्वी नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने अभियान अन्तर्गत आज जयपृथ्वी नगरपालिकामा वडा नम्बर १ मा रहेको कैलाश स्वास्थ्य चौकीमा क्षयरोगका बिरामीहरुको खोजपड्ताल तथा बृहत स्वास्थ्य शिविर सञ्चालन भएका हो ।

शिविरमा ६९ जना महिला र ४० जना पुरुष गरि १ सय ९ जना सेवाग्राहीले स्वास्थ्य चेकजाँच गरि सेवा लिएको जयपृथ्वी नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक रामचन्द्र जोशीले बताउनुभयो । साथै उक्त शिविरमा ४८ जनाको क्षयरोग परीक्षणका लागि खकार नमुना संकलन समेत गरिएको जनस्वास्थ्य निरिक्षक जोशीको भनाई छ । यसअघि जयपृथ्वी नगरपालिका ६ र ७ मा शिविर सञ्चालन भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै