नेभिगेशन
सुदूरपश्चिम

भारतमा ग्यास बिस्फोट हुँदा बझाङका एक बालकको मृत्यु, चार जना गम्भीर घाइते

भारतमा ग्यास बिस्फोट हुँदा बझाङका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका -११ सुइलका प्रशान्त बोहरा रहेका छन् । उनको व्याङलोरको सिटी मार्केटमा रहेको भेक्टोरीया अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको भारतबाट डेउडा प्रतिष्ठान कला विभागका पुष्पराज खत्रीले बताउनुभयो ।

रोजगारीको सिलसिलामा भारतको व्याङलोर हेलङ भन्ने ठाउँमा बस्दै आएका मदन बोहराको कोठामा गयराति १२ बजे ग्यास पड्किदा एकै परिवारका ५ जना गम्भीर घाइते भएका थिए । यस्तै घाइते मधन बोहरा, प्रमजला बोहरा, निरुता कुमारी बोहरा, अनिता कुमारी बोहराको उपचारका क्रममा छन् । उनीहरुको व्याङलोरस्थित सिटी मार्केटमा रहेको भेक्टोरीया अस्पतालमा उपचार भइरहेको छ । 

उनीहरूको उपचारमा धेरै खर्च लाग्ने र आर्थिक स्थिति कमजोर रहेकाले समस्या भएको भन्दै सहयोगको अपिल गरिएको छ । सहयोग गर्न चाहने व्यक्तिहरूले पुष्पराज खत्रीको भारतको नम्बर ८९०४४१६७७९ र शिव धामीको ९६११२६४०७१ मा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै