नेभिगेशन
सुदूरपश्चिम

बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत फेला 

बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत फेला परेका छन् । बित्थडचीर गाउँपालिका वडा नम्बर ४ देउलेखमा व्यापार गर्दै आएका ४५ वर्षीय राम ब. बोहरा आफ्नै कोठमा मृत फेला परेका हुन् ।

उनी गयराती घरपरिवार सँगै खाना खाएर आफ्नै घरको छुट्टै कोठामा सुतेको र बिहान बिहान अबेरसम्म नउठेपछि खोजी गर्दा कोठमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनको घर मल्ला भतडा भए पनि उनी देउलेख बजारमा लामो समयदेखि व्यापार गर्दै आएका थिए ।  

आज बिहान उनी मृत अवस्थामा भेटिएको भन्दै उनका आफन्तले प्रहरी बेस देउलेखमा खबर गरेको र लगत्तै घटनास्थलमा प्रहरी हवल्दार बासुदेव साउँदको कमाण्डमा ३ जनाको टोली खटिएको थियो । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बझाङबाट पनि प्रहरी निरिक्षक ब्यापकचन्द्र शाहको कमाण्डको टोली खटिएको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै