नेभिगेशन
सुदूरपश्चिम

वडाभरका करिब ६ सय विद्यार्थीलाई नि:शुल्क स्पोर्ट्स ड्रेस वितरण गर्दै वडाध्यक्ष विष्ट

थलारा गाउँपालिका वडा नम्बर -९ ले वडाभरका विद्यार्थीलाई स्पोर्ट्स ड्रेस वितरण गर्न थालेको छ । वडाले आफ्नो आर्थिक वर्ष २०८०/८१ को विकास योजनामा समेटेर अनुरुप स्पोर्ट्स ड्रेस वितरण थालिएको हो । 

बजारमा रु १ हजार ४ सय मुल्य पर्ने स्पोर्ट्स ड्रेस प्रति विद्यार्थी एक जोर नि:शुल्क वितरण गर्न थालिएको थलारा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष लोकेन्द्रबहादुर विष्टले बताए । उनका अनुसार शुक्रबार चक्रेश्वर मावि मालुमेला र मष्टा आधारभूत विद्यालय आमबगरका वितरण गरिएको थियो । 

अब कालिका आवि खानी, महालिंग आवि रावली, प्रगतिशिल आवि सिरेटा, पूर्णचन्द्रोदय मावि कुलाकाट्ने, भवानी आवि फकाली, तेडी आवि चित्रु, कालिका आवि खानीमा वितरण गरिने वडाध्यक्ष विष्ट जेठ १३ र १४ गते वितरण गरिने वडाध्यक्ष विष्टको भनाई छ । 

वडाभित्र रहेका ९ वटा विद्यालयका विद्यार्थीलाई शुक्रबार अतिरिक्त क्रियाकलापका दिन लगाउन र सबै विद्यार्थीको मनोभावनामा एक रुपता ल्याइ शैक्षिक गुणस्तर बृद्धि गर्न उक्त स्पोर्ट्स ड्रेस वितरण गरिएको वडा कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै