नेभिगेशन
सुदूरपश्चिम

काफलको रुखबाट लडेर बझाङमा एक महिलाको मृत्यु

काफलको रुखबाट लडेर बझाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको वित्थडचिर गाउँपालिका वडा नं. -७ ठूलीखालीमा काफल खान गएका बेला रुखबाट लडेर बुंगल नगरपालिका १० डौडकी प्रमा बागको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

आज घरबाट वित्थडचिर गाउँपालिकाको देउलेक बजारमा सामान किन्न भनेर आएकी र दिउँसो साढे १२ बजेतिरको समयमा साथिहरुसँगै ठूलीखाली बन क्षेत्रमा काफल खान भनेर आएको प्रहरी जनाएको छ ।

प्रहरीका अनुसार बागका साथीहरु काफल टिपेर फर्किए पनि उनी नफिर्किएपछि उनको खोजी गरिएको थियो । खोजी गर्दा उनी काफल खानका लागी रुखमा चडेकी र रुखबाट लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक भरत शाहले जानकारी दिनुभयो । अहिले जिल्ला प्रहरी कार्यालय बझाङको टोली त्यस तर्फ खटिगएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै