नेभिगेशन
सुदूरपश्चिम

केदारस्युँको देउरा र थलाराको रेगम जोड्ने झोलुङ्गे पुल समयमै नबन्ने ठेकेदारको संकेत 

लामो समयदेखि पुल अभावमा वारपार गर्न सेती नदीमा जोखिम मोलिरहेका थलारा, डोटी र केदारस्युँका बासिन्दाका लागि देउरास्थित सेती नदीमा यस बर्खायाममा पनि झोलुङ्गे पुल नबन्ने संकेत देखिएको छ । पुल निर्माणको काम सुरु गरेको देवभुमि कन्ट्रक्सन डडेल्धुराले सिभिलको काम सकेर अब लट्ठा लगायतका काम गर्न बाँकी नै रहँदा सरकारले पर्याप्त बजेट नदिदा असारभित्रै काम नसकिने संकेत गरेको छ । देवभूमी कन्ट्रक्सन डडेल्धुराका सञ्चालक तथा ठेकेदार डम्बरदत्त भट्टले सिभिलको काम सकेर केही समय सिमेन्ट क्युरिङ हुन दिने हुँदा तत्काल काम रोकिएको र बाँकी काम गर्न आफूहरुसँग बजेट नभएको बताउनुभयो ।  

उहाँले आफूले बिल पेस गरेकाले सरकारले समयमै भुक्तानी दिए असार मसान्तभित्रै सकिने नदिए ढिलो हुने बताउनुभयो । केदारस्युँ १ देउरा र थलारा १ रेगमलाई जोड्ने १७२ मिटर लामो यो झोलुङ्गे पुलको भदौसम्म निर्माण सम्पन्न गर्न समयसिमा दिइएको छ । लट्ठा लगायतका सामानहरु कम्पनीमा बनाउन अर्डर दिएकाले भुक्तानी भए समयमै पुल निर्माण हुने ठेकेदार भट्ट बताउनुहुन्छ। 

दुई पटक विधिवत रुपमा शिलान्यास गरिएको उक्त झोलुङ्गे पुल नबन्दा थलारा, डोटी र केदारस्युँका बासिन्दाकालाई आवातजावत गर्न समस्या हुने गरेको छ । २०७८ साल कार्तिक २ गते राति आएको बेमौसमी वर्षासँगैको सेती नदीको बाढीले देउरामा रहेको पुल बगाएको थियो । त्यसपछि केदारस्युँ गाउँपालिको देउरा र थलारा गाउँपालिका १ मा आवतजावत ठप्प भएको थियो ।  यस पुल निर्माण गर्नका लागि २०७९ फागुन २२ गते लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, पूर्वाधार विकास प्रमुख इन्जिनियर महेश्वर घिमिरे लगायतको उपस्थितिमा पुलको शिलान्यास गरिएको थियो भने २०८० चैत्र २ गते केदारस्युँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहरा र थलारा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकाया लगायतका जनप्रतिनिधिले शिलान्यास गर्नुभएको थियो । 

दुई दुई पटक शिलान्यास गरिएको यो झोलुङ्गे पुल बन्ने समय टाढिदै गर्दा सबै निकाय मौन रहेको थलारा १ का गौरीराज जोशीले बताउनुभयो । उहाँका अनुसार असारसम्म पुल नबने यहाँका बासिन्दा फेरि सेती नदी वारपार गर्न असहज हुने देखिएको छ । अहिले सेती नदी वारपार गर्न अस्थायी काठेपुल बनाइएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै