नेभिगेशन
सुदूरपश्चिम

बझाङको बाग्थलामा एक होटेल तथा पसल जलेर नष्ट

बझाङको बित्थडचिर गाउँपालिका–९ बाग्थलास्थित तल्लो पुल दौका खोला नजिक रहेको एक होटेल तथा पसलमा आगलागी भएको छ।
बित्थडचिर गाउँपालिका–९ का भानबहादुर विष्टले सञ्चालन गर्दै आएको होटल तथा किराना पसलमा आइतबार करिब ८:४५ बजेतिर आगलागी भएको हो । आगलागीको मुख्य कारण नखुले पनि विद्युत तार सर्ट भइ आगलागी भएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् ।

 होटल सञ्चालनक विष्ट घर गएका बेला एक्कासी सल्किएको आगोले होटेल तथा पसल पूर्णरुपमा नष्ट गर्नुका साथै होटेलभित्र पार्किङ गरि राखेको एक मोटरसाइकलमा पनि क्षति पुगेको छ ।

मोटरसाइकल बित्थडचिर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश बहादुर विष्टको रहेको खुल्न आएको छ । आज होलीको बिदा भएकाले होटेल बन्द रहेको र आगो अहिले राति १० बजे स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा नियन्त्रणमा आएको बताइएको छ ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको स्थानीयलाई उदृत गर्दै जयपृथ्वी एफ.एम. नेटवर्कका संवाददाता उज्जल विष्टले बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै