नेभिगेशन
सुदूरपश्चिम

स्थानीय तह वित्तीय जोखिम मूल्यांकनमा पनि बुंगल नगरपालिका जिल्लाकै सबैभन्दा कमजोर पालिका

बझाङ: बझाङका १२ पालिका मध्ये स्थानीय तहको वित्तीय जोखिम मूल्यांकनमा बुंगल नगरपालिका उच्च जोखिममा रहेको छ । यसअघि स्थानिय तहको संस्थागत क्षमता स्वमूल्यांकन परीक्षणमा सबै भन्दा कमजोर पालिका देखिएको बु‌गल नगरपालिका स्थानीय तहको वित्तीय जोखिम मूल्यांकनमा पनि जिल्लाकै सबै भन्दा कमजोर पालिका भएको देखिएको छ ।  

जिल्ला समन्वय समिति बझाङले प्रकाशन गरेको स्थानिय तह वित्तीय जोखिम मुल्याङकनको नतिजा अनुसार  जिल्लाका १२ स्थानिय तहमध्ये मष्टा गाउँपालिकाले ६१ अंक सहित पहिलो स्थानमा रहेको छ ।  बुंगल नगरपालिका २८ अंक सहित अन्तिम स्थानमा रहेको छ । यस्तै ५१.५ अंक सहित थलारा गाउँपालिका दोस्रो र ४९.५ अंक सहित सुर्मा र केदारस्युँ गाउँपालिका तेस्रो स्थानमा रहेका छन । 

जोखिम लेखाजोखाको बर्गिकरण अनुसार ०-४० सम्म उच्च जोखिम, ४१-८० सम्म मध्यम जोखिम र ८० भन्दा माथी न्युन जोखिम गरि तीन चरणमा  बर्गिकरण गरिएको छ । उक्त नतिजा अनुसार बझाङका ४ पालिका उच्च जोखिममा र ८ पालिका मध्यम जोखिममा रहेका छन । जिल्लाको खप्तडछान्ना,साईपाल,तल्कोट गाउँपालिका र बुंगल नगरपालिका वित्तीय जोखिमको उच्च जोखिममा रहेका छन । 

स्थानिय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरुको पहिचान गरी यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्ने प्रयोजनको लागी स्थानीय सरकार संचालन ‌ऐन, २०७४ को दफा ८० बमोजिम स्थानिय तह वित्तीय जोखिम मुल्याङकन कार्यविधि, २०७७ कार्यान्वयनमा रहेको छ । सोहि कार्यविधि अनुसार मुल्याङकन गर्दा बुंगल नगरपालिका जिल्लाकै कमजोर पालिका बनेको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै