नेभिगेशन
सुदूरपश्चिम

प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस बझाङमा पनि मनाइयो

प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस बझाङमा अन्तरक्रिया कार्यक्रम गरि  मनाइएको छ । प्रेस चौतारी नेपाल बझाङ शाखाले बझाङको पत्रकारिता र प्रेस चौतारीको संस्थागत विकास विषयक अन्तरक्रिया कार्यक्रम गरी नेकपा एमालेको पार्टी कार्यालयमा २६ औँ स्थापना दिवस मनाइएको हो ।

प्रेस चौतारी नेपाल बझाङ शाखाका अध्यक्ष मकरराज धामीको अध्यक्षतामा तथा नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरको प्रमुख आथित्यमा भएको अन्तरक्रिया कार्यक्रममा बझाङको पत्रकारिता र प्रेस चौतारीको संस्थागत विकास संगठनलाई अगाडी बढाउनको लागि गरिने क्रियाकलाप लगाएतका विषयमा अन्तरक्रिया गरीएको प्रेस चौतारी नेपाल बझाङ शाखाका सह–सचिव सुरेश धामीले जानकारी दिनुभयो ।

वि.सं. २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो ।  चौतारीले हरेक बर्ष केन्द्र र देशभरका शाखामा विभिन्न कार्यक्रम गरी आज स्थापना दिवस मनाउदै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै