नेभिगेशन
सुदूरपश्चिम

नेपाल टेलिकमको टावरमा विद्युत जडान भएपछि मष्टा गाउँपालिका - १ का स्थानीयलाई सहज 

बझाङ : मष्टा गाउँपालिका वडा नम्बर १ मा अवस्थित नेपाल टेलिकमको टावरमा राष्ट्रिय प्रसारण लाईनको विद्युत जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रसँगको सहकार्यमा वडा कार्यालयले डुङ्राकोटमा रहेको टेलिकमको टावरमा राष्ट्रिय प्रसारण लाईनको विद्युत जडान गरेको हो ।

यसअघि सोलारको भरमा सञ्चालन भएको टावरमा विद्युत लाइन जडान गरेपछि निकै सहज हुने वडा अध्यक्ष रामचन्द्र रोकायाले बताउनुभयो । आकाशमा बादल लाग्ने बित्तिकै सोलार बन्द हुने हुँदा टावर जाने र रातीको समयमा नेटवर्क विहिन हुनुपर्ने बाध्यता अब हटेको स्थानिय दलसिहं कठाएतले बताउनुभयो । उहाँले गाउँमा रातीको समयमा फोर जि नेट चल्न समेत सुरु भएको बताउनुभएको छ ।

अहिले मष्टा गाउँपालिकाको वडा नम्बर ३ र ४ मा मात्रै राष्ट्रिय प्रसारण लाईनको विद्युत जडान भएको छ ।वडा नम्बर १ मा भने लाइन विस्तारको काम सुरु भइसकेकाले अब छिट्टै विद्युत जडान गरीने वडा अध्यक्ष रोकायाको भनाई छ । उहाँले रनाडा लगाएतका गाउँहरुमा फोर जि नेटवर्क जडान गर्ने तयारीमा रहेको समेत बताउनुभयो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै