नेभिगेशन
सुदूरपश्चिम

बझाङमा फेरि अर्को अटो रिक्सा दुर्घटना, चालकसहित चार जना घाइते

बझाङमा फेरि अर्को अटो रिक्सा दुर्घटना भएको छ । आज बिहान ७:१० बजे भोपुरबाट चैनपुर तर्फ आउँदै गरेको सु.प.प्र.०१००१ ह ५२३१ नम्बरको अटो दुर्घटनामा परेको हो ।

खप्तडछान्ना ७ गडारायका चन्द्रजंग चौहानले चलाएको अटो  एक्कासी सडकको नालीमा पल्टिदा अटोमा सवार तीन जना जयपृथ्बी नगरपालिका ११ का ४० वर्षिय कृतिकल्याण जोशीसँगै उनका छोरी  प्रेरणा जोशी र छोरा प्रशान्त जोशी घाइते भएका छन् ।

घाइते तीनै जनाको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेश चौधरीले बताएका छन् ।

चालक चौहानको पनि दाहिने हातमा सामान्य चोट रहेको र प्रहरी नियन्त्रणमा रहेको बताइएको छ । यसअघि दुर्गाथली गाउँपालिका २ मौरीबगरबाट भाँगडा बजारतर्फ जाँदै गरेको अटो रिक्सा पिपलढुस्की भन्ने ठाउँमा अटो दुर्घटना हुँदा ८ जना घाइते भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै