नेभिगेशन
खेल

दुर्गाथलीमा सञ्चालित क्रिकेट प्रतियोगिताको उपाधि हिमालयन मेमोरियल युवा क्लब लेकगाउँलाई

गतिशिल युवा क्लब (डिडिवाइसी) दुर्गाथलीले आयोजना गरेको जिल्लास्तिय क्रिकेट प्रतियोगीता आज छैटौ दिनमा सम्पन्न भएको छ । २२ टिम सहभागी प्रतियोगीतामा प्रथम स्थान हिमालयन मेमोरियल युवा क्लब लेकगाउँ र द्धितिय स्थान महादेव युथ क्लब सैनले हात पारेका छन् । 

प्रतियोगीतामा १२ छक्का र ७ विकेट लिन सफल आयोजक ए का मनिस खाती म्यान अफ द सिरिज भएका छन् भने आयोजक ए कै नविन रोकाया वेष्ट बलर भएका छन् । 

प्रतियोगीतामा प्रथम स्थान हात पार्न सफल हिमालयन मेमोरियल लेकगाउँ टिमले रु ८५ हजार ५ सय १८ सहित मेडल, ट्रफी र प्रमाण पत्र हात पारेका छन् भने द्धितिय स्थान हात पार्न सफल महादेव युथ क्लब सैनले रु ४० हजार ५ सय १८ सहित मेडल ट्रफी र प्रमाण पत्र हात पारेको छ । 

मनिस खातीको अध्यक्षतामा आज भएको प्रतियोगीताको समापन कार्यक्रममा दुर्गाथली गाउँपालिका उपाध्यक्ष जनक बहादुर दौल्याल प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिमा बझाङ दिप क्याम्पसका स्ववियु सभापति तथा नेकपा विप्लव जिल्ला सचिवालय सदस्य कमल सी र दुर्गाथली ४ का निवर्तमान वडाध्यक्ष महेशप्रसाद जोशी रहनुभएको थियो । समापन कार्यक्रमको सञ्चालन आकाश खातीले गर्नुभएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप खेल
सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

नेपाली प्रविधि कम्पनी सफ्टनेप (SoftNEP) ले खेलकुद र प्रविधिलाई अझ नजिक ल्याउने उद्देश्यका साथ तयार पारिएको स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो' (Khelro) को लन्चसँगै आफ्नो परम्परागत सफ्टवेयर व्यवसायभन्दा अघि...
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।