नेभिगेशन
सुदूरपश्चिम

बझाङको वित्थडचिरमा भीरबाट लडेर एक जना युवतीको मृत्यु

बझाङमा भीरबाट लडेर एक जना युवतीको मृत्यु भएको छ । बित्थडचिर गाउँपालिका वडा नम्बर ६ का पार्वती स्याँडाको आज दिउँसो खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

उनको आज दिउँसो करिब २ बजेतिर घर नजिकैको काचडा भन्ने भीरमा खर काट्ने क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनका एक छोरा छन् । योसँगै गत श्रावणदेखि कात्तिक दोस्रो सातासम्म बझाङमा रुख र भिरबाट लडेर चार पुरुष र तीन महिला गरि ७ जनाको मृत्यु भएको छ ।

बझाङको थलारा गाउँपालिका–८ पण्डित गाउँका ५५ वर्षीय गंगादत्त पण्डित र जयपृथ्बी नगरपालिका–७ खगेडाका ८ वर्षीय बिजय सार्की र जयपृथ्वी नगरपालिका ३ का ज्ञानु वडको रुखबाट खसेर मृत्यु भएको छ । जयपृथ्बी नगरपालिका–३ पडेंसका ५५ वर्षीय रामचन्द्र रोकाया र बित्थडचिर गाउँपालिका–९ उडीकी ४५ वर्षीया गौमतीदेवी बोहरा र केदारस्युँ गाउँपालिका–८ रजाडाकी १७ वर्षीया हिउकला बोहराको भिरबाट लडेर मृत्यु भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै