नेभिगेशन
सुदूरपश्चिम

बझाङको थलाराका एक बालक भारतमा बेपत्ता, खोजी गरिदिन आग्रह

बझाङको थलारा गाउँपालिका–९ कुलाकाट्नेका १४ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वडा नम्बर ९ कुलाकाट्नेका लाल बहादुर थापाका १४ वर्षीय छोरा प्रकाश थापा रहेका छन् ।

बेपत्ता बालक प्रकाशका बुवा लाल बहादुर थापाका अनुसार प्रकाश भारतको देहरादुनको स्थानीय श्री गुरुराम राइइन्टरकलेज नेहरुग्राममा कक्षा ६ मा अध्ययनरत थिए । उनले भने, ‘प्रकाश स्कुलले आयोजना गरेको भ्रमण कार्यक्रममा जानको लागि जिद्दी गरिरहेको थियो । मैले नजानु भनेर डियुटीमा गए कोठामा फर्कंनासाथ कोठामा थिएन् ।’ उनी स्कुलकै पोशाकमा आफ्ना अरु कपडा बोकेर घरबाट निस्किएका थिए ।

उनले भारतको प्रहरी थाना रायपुर देहरादुनमा छोरा बेपत्ता भएको जाहेरी समेत दिएको बताए । विध्यालयमा खबर गर्दा तिम्रा अभिभावकले कार्यक्रममा सहभागि नगर्नु भनेको छ भनेर घर पठाइ सकेको बताएको छ ।

स्थानीयको सहयोगमा प्रकाशको खोजी भइरहेको भए पनि हालसम्म फेला पार्न नसकिएको बालकका बुवा लालबहादुर थापालले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै