नेभिगेशन
सुदूरपश्चिम

केदारस्युँको लोतुमा नेपाल टेलिकमको टावर निमार्ण कार्य सुरु 


बझाङ : बझाङको केदारस्युँ गाउँपालिकामा नेपाल टेलिकमले टावर निमार्ण गर्ने थालेको छ । केदारस्युँ गाउँपालिका वडा नम्बर ८ लोतुमा स्थानीय सरकारको आग्रहमा नेपाल टेलिकमले टावर निमार्ण कार्य सुरु भएको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष्य सुरेश जेठाराले जानकारी दिनुभयो।

लोतुमा नेपाल टेलिकमको टावर निर्माणकार्य थालेपछि यहाँका सेवाग्राही हर्षित भएका छन् । लोतुमा निर्माण भएको टावरले केदारस्यु गाउँपालिकाको वडा नम्बर ७ र ८  त्यसैगरी दुर्गाथली गाउँपालिकाका केहि ठाउँ सम्मका नागरिकले सेवा पाउने भएका छन् ।

बादल लागेको बेला र बर्सायाममा टावरले खासै काम नगर्दा हैरान यहाँका नागरिक नेपाल टेलिकमको टावर निर्माण भए पछि उक्त समस्या हट्नेमा ढुक्क भएका छन् । आजबाट टावर निर्माणको काम सुरु भइसकेकाले मंसिरसम्म टावर निमार्ण कार्य सम्पन्न हुने वडाध्यक्ष जेठाराको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै