नेभिगेशन
सुदूरपश्चिम

यी हुन् बझाङ जिल्ला कारागारबाट कैद माफी मिनाहा हुने व्यक्ति

सरकारले संविधान दिवसको अवसर पारेर बझाङ जिल्ला कारागारमा रहेका दुई जनाको कैद माफी मिनाहा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी बझाङका दुई जनाको कैद माफी मिनाहा गरेका हुन् ।

५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको हो । बझाङमा सजाय माफी मिनाहा पाउनेमा ६९ वर्षिय छबिसपाथिभेराका जेष्ठ नागरिक धनराज भनिने चन्द्रदेव जोशी र  हरेन्द्र मण्डेल रहेका छन् । यी दुबै जनाले ५० प्रतिशत कैद भुक्तान गरेको, चालचलन ठिक रहेको र जेष्ठ नागरिक नागरिक भएका हैसियतले कैद माफी पाएका हुन् ।

हरेन्द्र मण्डेल सवारी ज्यान मुद्धामा कारागार चलान भएका थिए भने उनले कारागारमा ३ वर्ष बस्नुपर्नेमा आम माफि मार्फत् १ वर्ष ६ महिना मात्रै जेल बस्नु पर्‍यो । यस्तै जेष्ठ नागरिक चन्द्रदेव जोशी लागु ‌औषध मुद्धामा कारागार चलान भएका थिए । उनले ८ महिना बस्नुपर्ने भए पनि ६ महिनामै आम माफि पाएर जेल मुक्त भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै