नेभिगेशन
सुदूरपश्चिम

डडेल्धुराको हगुल्टेमा अटो दुर्घटना हुँदा डोटीका दुई जनाको मृत्यु, एक घाइते 

डडेल्धुराको हगुल्टे लेकमा अटो दुर्घटना हुँदा डोटीका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  डोटीको शिखर नगरपालिका वडा नं. ८ का चालक पदमबहादुर बलायर र केशव महराको मृत्यु भएको छ भने सोही ठाउँका वीरेन्द्र कुँवर घाइते भएको डडेल्धुरा अस्पताल डडेल्धुरा पुगेका शिखर नगरपालिकाका नगर प्रमुख दिर्घबहादुर बलायरले जानकारी दिए ।

बुधबार धनगढीबाट डोटी तर्फ आइरहेको अटो बेलुकी करिब ५ बजेतिर हगुल्टे नजिकै दुर्घटना भएको हो । घाइते एक जनालाई डडेल्धुरा अस्पतालमा उपचार भइरहेको बाँकीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिए । 

उनले भने इन्स्पेक्टर नेतृत्वको टोली घटना स्थलमा पुगेको छ, दुई जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ,  अटो अहिलेसम्म भेटिएको छैन कुहिरो लागेका कारण खोजी कार्यमा समस्या भइरहेको छ ।’ थप विवरण आउन बाँकी रहेको प्रहरीले बाताएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै