नेभिगेशन
सुदूरपश्चिम

यस वर्षको ‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ बझाङकी गंगुदेवीलाई पनि प्रदान गरिने

यस वर्षको ‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ बझाङकी गंगुदेवी खडायतलाई प्रदान गरिने भएको छ ।
पुरस्कार छनौट समितिकी संयोजक सम्झना पौडेलको संयोजकत्वमा आइतबार एक्सन वर्क्स नेपालको मुख्य कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बझाङकी खडायतले जिल्लामा पहिलो पटक हलो जोतेकी थिइन् । त्यसपछि उनी महिलाको हक हितको लागि, समाजमा शान्ति स्थापना, महिला हिंसाविरुद्धको अभियानमा लाग्दै आएकी छन् । पुरस्कारबापतको २ लाखमा पौडेलले एक लाख थपेर ३ लाख रुपैयाँको कोषको व्याजबाट हरेक वर्ष ‘मितेरी गंगादेवी शान्ति’ पुरस्कार प्रदान गर्दै आएकी छिन् ।

एक्सन वर्क्स नेपालका संस्थापक अध्यक्ष राधा पौडेलको पुस्तक ‘खलंगामा हमला’ ले २०७० सालमा मदन पुरस्कार पाएको थियो ।

उक्त पुरस्कार राशीमा एक्सन वक्र्स नेपालले एक लाख रुपैयाँ थपेर पौडेलको आमा गंगामाया र बुबा देवी पौडेलको सम्झनामा पुरस्कार कोष स्थापना गरेको थियो । सोही रकमबाट आउने ब्याजबाट पुरस्कार प्रदान गरिँदै आइएको छ ।

 यस वर्ष बझाङकी गंगुदेवी खडायतसँगै कालीकोटका हिक्मतजंग मल्ल
, काठमाडौं स्थायी घर भई हाल जुम्लामा कार्यरत डाक्टर सुवी बस्नेतलाई प्रदान गरिने भएको छ ।
संस्थाले प्रत्येक वर्ष स्थानीय स्तरमा शान्ति स्थापनाका लागि योगदान पुर्‍याउने व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

 गत वर्ष उक्त पुरस्कार कालीकोटका कालीबहादुर शाही, जुम्लाकी गाँडे नेपाली र जुम्लाकै मिनराज शर्मालाई प्रदान गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै