नेभिगेशन
सुदूरपश्चिम

विशालु च्याउ खाएकी कठायत पुनः गम्भीर  विरामी, जिल्ला बाहिर रेफर गर्ने तयारी

जंगलको विशालु च्याउ खाएकी जयपृथ्वी नगरपालिका ६ की पुनीदेवी कठायत पुनः गम्भीर  विरामी पर्नुभएको छ ।

गत बुधबार साँझ विशालु जंगली च्याउ खाँदा गम्भीर विरामी भएकी बिहीबार जिल्ला अस्पतालमा उपचार पश्चात घर फर्किनुभएको थियो । तर हिजो (शनिबार)देखि पेट दुख्न सुरु भएकाले जिल्ला अस्पताल सिमखेतमा भर्ना गरिएको छ । कठायतको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला बाहिर रेफर गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

यसअघि जङ्गली विषालु च्याउ खाँदा कठायतका ७ वर्षीय छोरी एन्जिला कठायत र १२ वर्षीय छोरा सुदीप कठायतले ज्यान गुमाइसकेका छन् ।

च्याउ खाएर गम्भीर बिरामी भएकी एन्जिलाको बिहीबार बिहान र उनका दाजु दिपेशको बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा ५ जना रहेपनि एक छोरी र बुवा अन्यत्र भएका कारण उनले च्याउ खाएका थिएनन् । च्याउ खाएकामध्ये २ जनाको मृत्यु भइसकेको र आमाको अवस्था अहिले गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै