नेभिगेशन
सुदूरपश्चिम

झनाना पुल मुनी माछा मारिरहेका एक युवक सेती नदीमा बगेर वेपत्ता

सेती नदीमा माछा मारिरहेका एक जना युवक बगेर वेपत्ता भएका छन् । शुक्रबार वेलुका सेती नदीस्थित झनाना पुल मुनी माछा मारिरहेका कैलालीको लम्कीचुहा नगरपालिका -९ का करिब ३२ वर्षीय प्रकाश वम बगेर वेपत्ता भएका हुन्।

उनी बझाङमा लामो समयदेखि सडकको काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यसैबीच एक जना युवकको शव सेती नदीस्थित देउरा बजुवा बगरमा फेला परेको रायल प्रहरी चौकीले जनाएको छ ।

उक्त शव बेपत्ता वमको हो वा होइन भन्ने बारेमा पुष्टि गर्न बाँकी रहेको प्रहरीको भनाई छ । अहिले शव पुष्टि गर्न रायल प्रहरी चौकीबाट एक टोली खटिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै