नेभिगेशन
सुदूरपश्चिम

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

सडकमाथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको भएको छ । गयराति परेको वर्षाका कारण बैतडिको ढोल्यामोडस्थित सडक खण्डमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । 

सडकमाथिबाट रुखसहित पहिरो खसेर सडक अवरुद्ध हुँदा बिहानैदेखि सवारी आवागमन ठप्प भएको छ । यस्तै जयपृथ्वी राजमार्ग अन्तर्गत दुधिलाखान र मोतिपुरमा पनि पहिरोले एकतर्फी सडक मात्रै सञ्चालन भइरहेको बैतडी प्रहरीले जनाएको छ ।

 ढोल्यामोडमा सडक खुलाउने प्रयास भइरहेको र आफूहरु बिहानैदेखि सडक खुल्ने प्रतिक्षामा रहेको छबिसपाथिभेरा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष राधिका रतालाले बताउनुभयो । बैतडी हुँदै बझाङ भित्रिने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै